ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र सातदोबाटो, ललितपुरद्वारा वृहत रक्तदान कार्यक्रम
ललितपुर, भदौ ६ । दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सामाजिक सेवा प्रभागले नेपाल र भारतमा एकैसाथ बृहत रक्तदान अभियानको सुरुवात गरेको छ। यस अभियानअन्तर्गत नेपालमा मात्र भदौ ६ देखि ९ गतेसम्म करिब १० देखि १५ हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको छ। पहिलो दिनमै ४९७२ पिन्ट रगत संकलन भइसकेको जानकारी सेवा केन्द्रले दिएको छ। काठमाडौं उपत्यकाभित्र ४९ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। जसअन्तर्गत काठमाडौंमा २७, भक्तपुरमा १२ र ललितपुरमा १० स्थानमा कार्यक्रम सञ्चालन हुनेछ। यस अभियानलाई नेपाल रेडक्रस सोसाइटी मात्र नभई विभिन्न अस्पताल तथा संघ–संस्थासँग सहकार्य गरी अगाडि बढाइएको छ। चार दिनमा नेपाल–भारत मिलेर एक लाख युनिट रक्त संकलन गर्ने अभिप्राय रहेको यस अभियानमार्फत गम्भीर अवस्थामा रहेका बिरामीलाई जीवनदान दिनुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलिने विश्वास गरिएको छ। यसै क्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र सातदोबाटो, ललितपुरले नेपाल तेक्वान्दो संघको भवनमा शनिबार (भदौ ७) र आइतबार (भदौ ८) बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म वृहत रक्तदान कार्यक्रम आयोजना गर्नेछ। अतः यस पुण्य अवसरमा आम जनसमुदायलाई रक्तदानमा सहभागी भई मानवताको सेवामा हातेमालो गर्न हार्दिक आह्वान गर्दछौं।
 
                                 
             
             
             
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                