post-slider post-slider

स्क्रब टाइफस कसरी सर्छ ?

Image

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi ) भन्ने जीवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतबारी, वनजंगल, घर  वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस कसरी सर्छ ?

मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।

स्क्रब टाइफसका लक्षणहरु

- धेरै ज्वरो आउनु  ( काम ज्वरो समेत आउन सक्छ )
- धेरै टाउको दुख्नु 
- पसिना धेरै आउनु
- आँखा रातो  हुनु 
- झाडापखाला लाग्नु 
- किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
- खेतबारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइँ सम्म बुट लगाउने 
- घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने 
- सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने 
- सकेसम्म घाँसवारी र चउरमा नबस्ने 
- चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
- मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।

Tags: