post-slider post-slider

धेरैलाई देखिने १० स्वास्थ्य समस्या 

Image

काठमाडौं। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मा सरुवा रोग, नसर्ने रोग, चोटपटक, अंग विशिष्ट रोगहरू र मानसिक स्वास्थ्य समस्याहरू सहित २३२ रोगहरू समेटेको छ । यी रोगहरुलाई १९ अण्डमा बिरामीको रिपोर्ट गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

एचएमआइएसमा रिपोर्ट गरिएकामध्ये अत्याधिक समस्या टाउको दुखाइसँग सम्बन्धित रहेको देखिएको छ। त्यसपछि अपर रेस्पेरेटरी ट्रयाक इन्फेक्सन (युआरटीआई) देखिएको छ। 

एचएमआइएस को तथ्यांक अनुसार स्वास्थ्य चौकी, पीएचसी र प्राथमिक अस्पतालमा सेवा लिएका बिरामीको तथ्यांक अनुसार मुख्य १० समस्याहरु यस्ता छन्। 

हेडेक (टाउको दुखाई) का बिरामी १८ लाख ११ हजार ७५३, 

अपर रेस्पेरेटरी ट्रयाक इन्फेक्सन (युआरटिआई)का बिरामी १६ लाख ३८ हजार ८०५, 

ग्याष्ट्रिकका बिरामी १६ लाख २८ हजार ६९,  

लोअर रेस्पेरेटरी ट्रयाक इन्फेक्सन (एलआरटिआइ) का बिरामी १० लाख ४८ हजार ६३६

फ्याक्चरका बिरामी ९ लाख ७१ हजार १८२, 

ढाड दुखाईका बिरामी ८ लाख ८ हजार ८२८

हाइपरटेन्सन (उच्चरक्तचाप) का बिरामी ७ लाख ९५ हजार ८७

फंगल इन्फेक्सनका बिरामी ७ लाख ३५ हजार २२

ज्वरो (पाइरेक्सिया अफ अननोन ओरिजिन पियुओ) का बिरामी ६ लाख ८२ हजार ६८५

झाडापखला (डाइरिया) का बिरामी ६ लाख ४५ हजार २ सय

एक्युट टन्सिलका बिरामी ५ लाख ५३ हजार ६५५ 

 

 

Tags: