post-slider post-slider

चितवनमा ७८ जनामा एचआईभी संक्रमण

Image

चितवन । सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जनालाई एचआइभी सङ्क्रमण पुष्टि भएको छ। 

छत्तीसौं विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको परीक्षण गर्दा ७८ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको हो।

परीक्षण गरिएकामध्ये ४० जना पुरुष, ३३ जना महिला, तीन जना लैंगिक अल्पसंख्यक र दुई जना बालबालिका छन्। सङ्क्रमण पुष्टि भएकामा चितवनका ३६ जना र बाहिरी जिल्लाका ४२ जना छन्। 

जिल्लामा अहिलेसम्म दुई हजार तीन सय १९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ।

पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार एक हजार दुई सय १० जना पुरुष, नौ सय २३ जना महिला, २४ जना तेस्रो लिङेगी र एक सय ६२ जना बालबालिका छन्।

रासस

Tags: