post-slider post-slider

लामो कोभिड भएका व्यक्तिको प्रमुख अंगमा क्षति पुर्‍याउने सम्भावना बढि: अध्ययन

Image

लामो समयसम्म कोभिड भएका मानिसको प्रमुख अंग फोक्सो, मस्तिष्क र मृगौला जस्ता धेरै अंगहरूमा केही असामान्यताहरू हुने सम्भावना तीन गुणा बढि रहेको ल्यान्सेट रेस्पिरेटरी मेडिसिनमा प्रकाशित अध्ययनले देखाएको छ। 

अध्ययनमा कोभिडका कारण अस्पतालमा भर्ना भएका २ सय ५९ बिरामी सहभागी थिए । उनीहरुको अस्पतालबाट डिस्चार्ज भएको पाँच महिना पछि प्रमुख अंगको एमआरआई स्क्यान गरिएको अध्ययनमा उल्लेख  छ । कोभिडका बिरामी र कोभिड नभएका अन्य ५२ जना मानिसहरूमा अध्ययन गर्दा उल्लेख्य भिन्नता देखिएको अध्ययनले देखाएको छ, 

अध्ययनका अनुसार २५९ बिरामीको सबैभन्दा ठूलो प्रभाव फोक्सोमा देखिएको थियो । गम्भीर कोभिड भएका मानिसहरूमा फोक्सोमा १४ गुणा बढी असामान्यता देखाउने सम्भावना थियो। त्यस्तै मस्तिष्कमा  तीन गुणा बढी  र मृगौलामा दोब्बर सम्भावना केही असामान्यताहरू देखाउने सम्भावना थियो

मुटु वा कलेजोको स्वास्थ्यमा खासै भिन्नता थिएन।

अक्सफोर्ड युनिभर्सिटीकी डाक्टर बेट्टी रमन र अध्ययनका प्रमुख अन्वेषकमध्ये एक भन्छिन्, ‘यो स्पष्ट छ । लामो समयसम्म कोभिडका लक्षणहरू भएका व्यक्तिको केही अंगमा क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ।’

‘बिरामीको उमेर, कोभिडले बनाएको गम्भीरता र अन्य रोगहरू भए शरीरमा यी महत्त्वपूर्ण अंगहरूलाई क्षति पुर्‍याउने कारकहरू थिए,’ उनले भनिन् । 

 

 

 

Tags: