post-slider post-slider

नर्सिङ, एचए र फार्मेसी सहायकको शिक्षण शुल्क तत्काल नबढ्ने

Image

सीटीईभीटीले बढाएको शुल्क स्थगित

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि बढाएको भनिएको शुल्क स्थगित गरेको छ ।

२९ गते परिषद् कार्यालय, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजन सम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यस अघिको निर्णय स्थगित गर्न भन्दै आज प्रकाशित सुचनामा उल्लेख छ । 

सीटीईभीटीले  गत शुक्रबार नयाँ शुल्कको सुचना प्रकाशित गरेको थियो । उक्त सूचना अनुसार सीटीईभीटी ले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको थियो।

Tags: