post-slider post-slider

रेजिना मृत्यु प्रकरण: छानबिन समिति गठन

Image

काठमाडौं । कान्ति बाल अस्पतालले सोमबार राति आकस्मिक कक्षामा एक बालिकाको मृत्यु प्रकरणमा छानबिन समिति गठन भएको  छ ।

अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन डा. प्रकाश जोशीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । समितिले पाँच दिन भित्र सत्य, तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्न अनुरोध गरेको डा.रायले जानकारी दिए ।  

घटना के थियो? 

मकवानपुर थाहा नगरपालिका १० घर भएर काठमाडौँ बाफलमा बस्दै आएकी पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो र तारन्तार बान्ता भएपछि उनका आफन्तले सोमबार अपराह्न ५ बजे आकस्मिक कक्षमा आइपुगेका थिए । देशकै प्रमुख बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पताल इमर्जेन्सीमै पालो कुर्दाकुर्दै उनको मृत्यु भयो । परिवारका अनुसार उनीहरुले आकस्मिक कक्षामा ८० मिनेट पालो कुरेका थिए । 

केन्द्रीय बाल अस्पतालको ओपीडी सेवाको टिकट १ बजेबाट बन्द हुन्छ । सबै बिरामी इमर्जेन्सीमै ओइरिएका कारण रेजिशाले समयमा टिकट नपाउँदा हजुरबुबाको काखमै मृत्युवरण गर्नु परेको हो । 

Tags: