post-slider post-slider

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर यादवको मृत्यु

Image

सुनसरी । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कनकाई हस्पिटल विर्तामोडमा कार्यरत २८ वर्षीय डाक्टर नीरज यादवको मृत्युु भएको छ। 

आज बिहान पूर्व–पश्चिम राजमार्गको उर्लाबारीमा टिपरको ठक्करबाट उनको मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डा यादवको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको हो । उक्त ठक्करबाट घाइते भएका यादवको मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्। 

Tags: