post-slider post-slider

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

Image

काठमाडौं । भारतमा हरेक दिन कोरोनाका नयाँ बिरामी पुष्टि भइरहेका छन् । केरला र कर्नाटकमा यी केसहरूको संख्या धेरै छ। कोरोना जे एन १ भेरियन्टका बिरामी लगातार बढिरहेका छन् । यो भेरियन्टको भारतमा मात्र नभई अन्य धेरै देशमा पनि देखिएको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशमा ७६१ जना नयाँ संक्रमित थपिएका छन् । १२ जना नयाँ बिरामीको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३८५ पुगेको छ । जनवरी ५ सम्म संक्रमितको संख्या ७६१ पुगेको छ ।  बुधबार संक्रमितको संख्या ७६० थियो। विरामीको संख्या लगातार बढिरहेको छ । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ४ हजार ३३४ पुगेको छ । 

२४ घण्टामा ८३८ बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ४ लाख ४४ हजार ७८ हजार ८८५ जना कोरोना संक्रमणबाट निको भएका छन् । अहिले कुल संक्रमितको संख्या ४ लाख ५० लाख १६ हजार ६०४ पुगेको छ ।

केरला र कर्नाटकमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको छ । कर्नाटकमा ६५ नयाँ बिरामीहरू पुष्टि भएका छन् । योसँगै राज्यमा सक्रिय बिरामीहरूको संख्या बढेर १ हजार २४० पुगेको छ। 

भारतको केरला र कर्नाटकमा मात्र नभई दिल्ली, गुजरात, मध्य प्रदेश, गोवा, आन्ध्र प्रदेश, तमिलनाडु र महाराष्ट्रमा पनि कोरोना संक्रमित बढेको देखिएको छ ।

 

Tags: