![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
मुगुमा भाइरल ज्वरो : तीन जनाको मृत्यु
![Image](/thumbnails/be3ff98a-b42d-4f59-aae2-a619969f3593_Untitled.jpg)
मुगु । जिल्लाको सोरु गाउँपाली– ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।
भाइरल ज्वरोले सोरु गाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरु गाउँपालिका– ६ जिमा गाउँका कर्णजित बुमीले राससलाई बताए ।
जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
गाउँभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरु गाउँपालिका, पुरुमुरु र जिमा गाउँका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।
जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए। तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खानामा अरुचि हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण रहेको उनले जानकारी दिए ।
रासस