post-slider post-slider

दुई चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न एनएमएको माग 

Image

काठमाडौं । हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।

डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार अस्पतालभित्रै कुटपिट गरिएको हो । श्रावण २२ गते हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेङ्गु सङ्क्रमण  उपचारका लागी अस्पताल पुगेका थिए । विरामीलाई थप उपचार आवश्यक भएकाले २३ गते चितवनको अस्पतालमा रिफर गरिएको थियो ।

विरामीको २५ गते उपचारका क्रममा असामयिक निधन भएको घटनालाई लिएर पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिएका थिए । २७ गते डाक्टरद्वय थापा र विडारी माथि शारीरिक हमला गरी गम्भीर घाइते भएका छन्। 

प्रधानको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै पदम पोखरीका एक समूहले कुटपिट गरेको जनाइएको छ । प्रधानका आफन्त कुटपिटमा संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले कुटपिटमा संलग्नको खोजी र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

विरामीहरूको उपचार गरिरहेको डाक्टरमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाप्रति  नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। 


संघले यस घटनामा संलग्न दोषीलाई अबिलम्ब स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न  माग गरेको छ ।

नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघ गम्भीर आपत्ति जनाएको छ । 

७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारवाही नगरिएको अवस्थामा संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

Tags: