post-slider post-slider

एक वर्षमा ३ हजार २४४ बालबालिका विपद्को जोखिममा 

Image

काठमाडौं ।  विपद्को असरबाट सबैभन्दा बढी बालबालिका जोखिममा पर्ने गरेका छन् ।

महामारी, हिमपात, शीतलहर, बाढी तथा पहिरो, हावाहुरी, आगलागीलगायत प्राकृतिक विपद्बाट आर्थिक वर्ष २०७९र८० मा मुलुकभर पीडित बालबालिकाको सङ्ख्या ३ हजार २४४ पुगेको छ । जसमा सबैभन्दा बढी दुई हजार दुई सय ३१ बालबालिका महामारीका कारण पीडित भएका थिए । 

प्रहरी कार्यालयका अनुसार पछिल्लो एक वर्षमा विपद्का कारण ७६७ बालबालिकाको मृत्यु भएको थियो । तिमध्ये ७९ बालक र छ सय ८८ बालिकारहेका छन् । त्यस्तै  २ हजार १७६ बालिका र १६७ बालक गरि जम्मा दुई हजार तीन सय ४३ बालबालिका घाइते भएका छन् ।  भने १३० बालिका  र ४ बालक गरी १३४ बालबालिका बेपत्ता भएका थिए । कुल पीडित बालबालिकामध्ये ९२ दशमलव २९ प्रतिशत बालिका रहेका छन् ।

नेपालमा जोखिम न्यूनीकरणका लागि तीनै तहबाट विभिन्न कार्यक्रम सञ्चालनमा रहे पनि बढ्दो जलवायु परिवर्तनको असरले प्राकृतिक विपद्को असर बढ्दोरूपमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिले सन् २०२३ अगष्ट २२ मा जलवायु परिवर्तनले पारेको असरबाट बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि राज्यले गर्नुपर्ने विषयमा सामान्य टिप्पणी–२६ (जनरल कमेन्ट–२६) जारी गरेको छ । जसमा जलवायु परिवर्तनबाट हुने प्रतिकूल असर न्यूनीकरण गर्नुपर्ने, बालबालिकालाई यससम्बन्धी असरसँग अनुकूलन बनाउने, बालअधिकारमा परेको क्षतिका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्नेलगायत विषय रहेको छ । 

रासस

Tags: