post-slider post-slider

जाजरकोट र रुकुम पश्चिममा भुकम्पका कारण १३३ को मृत्यु, १४० घाइते

Image

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १३३ पुगेको छ ।  

नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 

जाजरकोटमा भूकम्पबाट ९५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । 

 

Tags: