मानसिक स्वास्थ्य समस्या उपचारमा देखिएका जटिलता
मानसिक स्वास्थ्य भन्ने बित्तिकै नकारात्मक रुपमा हेर्नु हुँदैन। यो शारिरीक स्वास्थ्य समस्या जस्तै हो।
शारिरीक स्वास्थ्य राम्रो भए जस्तै मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । यसलाई सकारात्मक मानसिक स्वास्थ्यको संज्ञा दिइन्छ ।
हामी सबैको जीवनमा उतारचढाव आइरहन्छ। समस्या जहाँ पनि हुन्छ। शारिरीक समस्या पनि आउँछ र मानसिक स्वास्थ्य पनि । यो क्षणिक समस्या पनि हुनसक्छ । तर त्यो कुनै डिसअर्डर अर्थात रोग होइन्।
सामान्य समस्या समय र परिस्थिति अनुसार शरीरले गर्ने व्यवहार हो। तर ति व्यवहारले सामाजिक रुपमा, व्यवहारिक रुपमा समस्या आए त्यसलाई रोग भनिन्छ ।
मानसिक स्वास्थ्य र रोगलाई छुट्याउने सजिलो उपाय भनेको व्यक्तिले गर्ने व्यवहार सामान्य भन्दा अस्वभाविक रुपमा फरक देखाउनु हो।
अहिले मानसिक स्वास्थ्यमा धेरै किसिमका सेवाहरु आइसकेका छन् । तर, सहर केन्द्रित छ । गाउँहरुमा मनोविद् होस या मनोचिकित्सक कुनै पनि विशेषज्ञको सुविधा छैन ।
सरकारले यस समस्यालाई लिएर केहि कार्यक्रमहरु ल्याएको छ । तर केहि नीति लागु भयो कार्यन्वयनमा हुन ढिला भइरहेको छ।
अहिलेको अवस्थामा मानसिक स्वास्थ्य कसरी राम्रो बनाउने जनचेतना आवश्यक छ । मानसिक स्वास्थ्यको सहयोग साथीहरुले एकले अर्कालाई सम्झाएर बुझाएर, कुराहरु सेयर गरेर पनि गर्न सकिन्छ ।
जीवनशैली परिर्वतन गर्नुपर्छ । यो सबैले थाहा पाउनुपर्ने विषय हो। योे शिक्षकहरुले स्कुलमा बालबालिकालाई सिकाउनुपर्ने विषय पनि हो ।
९० प्रतिशत समस्याहरु दैनिक जीवनमा आउँछ । सामाजिक रुपमा हल नभएको बिषय लिएर विशेषज्ञकोमा पुग्नुपर्ने हो। विशेषज्ञकोमा पुगेपछि समस्याको वर्गीकृत गरेर सेवा दिने हो ।
सेवा दिने विषय पहिला भन्दा राम्रो छ। पाँच बर्ष अघि एक जना बाल मनोचिकित्सक थिए । अहिले ४ जना हुनुहुन्छ । विशेषज्ञको संख्या बढिरहेको छ । तर पनि अपुग छ । क्रमिक रुपमा सुधार भइरहेको छ ।
मानसिक स्वास्थ्य समस्या भएमा काउन्सिलर, थेरापिष्ट, स्पेशल साइक्राट्रिक सेवा सुरु भएको छ।
राष्ट्रिय स्वास्थ्य नीति २०७७ मा एउटा हरफमा मानसिक स्वास्थ्य सेवा सबैले पाउनुपर्छ भनिएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनामा कसरी पाउने भन्ने कुरा राखेको छ । त्यसमा मानसिक स्वास्थ्यको प्राथामिक सेवा स्थानीय तहले समुदाय स्तरमा दिने, बिशेषज्ञ सेवा प्रदेश र बिशिष्टकृत सेवा केन्द्र सरकारले दिने उल्लेख छ ।
अहिले देशभर ४४० शैय्या मानसिक स्वास्थ्य सेवाका लागी छुट्याइएको छ । त्यत्ति ले मात्र पुग्दैन।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मानसिक स्वास्थ्यमा जनशक्ति अबको ५० वर्षमा पनि पुग्दो हुँदैन ।
साइक्राट्रिक २०० जना रजिष्ट्रर भएका छन्। कति जना बित्नु भयो । त्यसमध्ये ५० देखि ६० जना विदेश गएका छन्। मसँग पढेको ५ जनामध्ये ४ जना विदेशमा हुनुहुन्छ। अहिले जनशक्ति धेरै कम छ ।
भुकम्पको समयमा विश्व स्वास्थ्य संगठनको मेन्टल हेल्थ ग्याप नामक एक कार्यक्रम छ । यसले मानसिक स्वास्थ्यको तालिम दिएर काम बाँडिरहेको छ।
गाउँमा भएका हेल्थ असिस्टेन्टलाई प्राथामिक हेरचाहको तालिम दिइएको छ ।
नर्स र प्यारामेडिक्स लाई साइकोलोजिको पहिलो तहको तालिम दिइरहेको छ । यसमा सरकारले पनि मद्धत गरिरहेको छ । त्यति गर्दा पनि जनशक्ति एकदमै कम छ ।
मानसिक स्वास्थ्य उपचारमा देखिएको समस्या
अहिले नेपालमा १६ घण्टाको तालिममा गफ गर्ने कुरा सिकेर मनोरोग विश्लेषक भएको दाबि गर्छन्। यस्तो गलत अभ्यासका कारण मानसिक समस्या भएर निकै कष्ट गरेर बिशेषज्ञ कहाँ पुग्दा सहि सेवा पाउँदैन। त्यस्ता व्यक्तिले जीवनमा फेरी सेवा खोज्दैनन्। त्यो मानसिक स्वास्थ्यमा एकदमै गाह्रो छ ।
लाइसेन्स सहि ठाउँमा पुग्नका लागी चाहिएको हो । बिरामी हतोत्साहित नहोस् भन्नका लागी पनि चाहिएको हो।
सामाजिक लान्छनाका रुपमा रहेको मानसिक स्वास्थ्य उपचारमा पहिलो कदम लिन नै गाह्रो हुन्छ । उनीहरुले आँट गरेर विशेषज्ञकोमा जाँदा नबुझ्ने मान्छेकोमा पुग्दा दोस्रो पटक उपचार खोज्दैन । यहाँ डरलाग्दो त्यहि छ । त्यसले गर्दा पनि लाइसेन्स जरुरी हो।
लाइसेन्स दुई प्रकारको छ । मनोचिकित्सक ले अनिवार्य लाइसेन्स लिनै पर्छ। अर्को ८०० जना मनोविद् भनेकाहरूसँग लाइसेन्स छैन । यती धेरै मान्छेले लाइसेन्स बिना अभ्यास गर्नु कति गम्भिर छ ।
मानसिक स्वास्थ्यमा जटिल समस्या भएर गलत ठाउँमा पुगेर समस्या बिग्रेको ज्यानकै क्षती हुन पुगेको उदाहरणहरु छन्। लाइसेन्स त्यसैले अपरिहार्य छ ।
(मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. कोइराला सँग जनस्वास्थ्य छलफल समुहले गरेको अन्तरक्रिया कार्यक्रमको सम्पादित अंश)