post-slider post-slider

१३ हजार २९२ जनामा डेंगु देखियो, सुनसरीमा आधा भन्दा बढी संक्रमित 

Image

काठमाडौं। देशभरि डेंगुको सङ्क्रमण फैलिइरहेको रहेछ । हालसम्म १० जनाको मृत्यु भइसकेको छ, भने १३ हजार २९२ जनामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

महाशाखाको अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगु फैलिइसकेको छ। संक्रमित मध्ये सुनसरीमा आधा भन्दा बढी ५३ प्रतिशत संक्रमित रहेको महाशाखाको तथ्यांक छ । सुनसरीमा अहिलेसम्म सात हजार ८९ जना डेंगुबाट सङ्क्रमित भएका छन्। 

मोरङ एक हजार ५९१, धादिङमा एक हजार २०२, झापामा ८९६, कास्कीमा २४७, धनकुटामा २३६, काठमाडौँमा १९६, दार्चुलामा १९४,  सङ्खुवासभामा १५६ तथा चितवनमा ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । 

प्रदेश अनुसार हेर्ने हो भने सबैभन्दा बढी कोशी प्रदेशमा ७६ प्रतिशत (१० हजार १८२ जना )संक्रमित रहेका छन्। बागमती प्रदेशमा एक हजार ७९३, गण्डकीमा ५१०, सुदूरपश्चिममा ४१७,  लुम्बिनीमा २६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा सङ्क्रमण देखिएको महाशाखाको तथ्यांक छ।

 

Tags: