post-slider post-slider

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, ट्रमा सेन्टरमा उपचार हुँदै 

Image

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण हुँदा घाइते भएका छन्। 

भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार गरिएको थियो। अहिले उनको उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ। 

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरीले प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई   प्रहरीले नियन्त्रणमा लिएको छ । 

Tags: