post-slider post-slider

के हो सेतोपानी र योनि सुजन?

Image

काठमाडौं। अण्डाशयमा अण्ड निष्कासन तथा महिनावारी हुने समयको अघिपछि स्त्रीको योनिबाट पानीजस्तो सङ्लो र पातलो पदार्थ बाहिर निस्कने गर्छ । यस्तो पानी कसैलाई अलि धेरै र कसैलाई थोरै निस्कने हुन सक्छ । थोरै मात्रामा हुने यस्तो स्राव सामान्य हो । तर, स्वाभाविक वा अत्यधिक मात्रामा हुने यस्तो स्राव मा कहिलेकाहीँ योनि मुख र योनि मार्गमा सङ्क्रमण थपिन्छ । फलस्वरूप चौलानी वा बाक्लो दहीजस्तो सेतो, पहेँलो अथवा रगत मिसिएको ढिक्काजस्तो स्राव योनिबाट निस्कन थाल्छ ।

सधैं सेतो नहुने भए तापनि साङ्केतिक रूपमा सामान्य बोलीचालीको भाषामा यो रुग्ण अवस्थालाई (सेतोपानी) भनिन्छ । योनिमा हुने यस्तो सङ्क्रमणलाई वैज्ञानिक भाषामा योनि सुजन पनि भनिन्छ ।

सेतेपानीका लक्षण 

सङ्क्रमणको किसिम र कारणअनुसार योनि र स्राव गन्हाउने

योनि मुख तथा योनि मार्गमा चिलाउने

पिसाब फेर्दा पोल्ने

यौनाङ्ग छोप्ने भित्री लुगाहरूमा सेतो टाटा बस्ने

तल्लो पेटको दुई कुना अथवा कोखामा बेलाबेला सियोले घोचेजस्तो चसचस घोच्ने

यस्ता लक्षणहरू सेतोपानी बग्ने अवस्थामा देखिन सक्छन् । लामो समयसम्म सङ्क्रमण रहिरहेमा ढाडको तल्लो भाग दुख्ने कमजोरीका कारण रिंगटा लाग्ने तथा हातखुट्टा झमझमाउने, जत्ति खेर निन्द्रा र थकाई लागिरहने। अमलपित्त जस्तो हुने, अनुहार।को छालामा दाग धब्बा देखिने जस्ता लक्षणमध्ये केहि वा सबै देखिनसक्छ। 

(डा. सुबोध कुमार पोखरेलको भुँडिपुराण प्रकाशनबाट प्रकाशित यौनका कुरा पुस्तकबाट साभार) 

Tags: