post-slider post-slider

नाइट्रस अक्साइडले हाम्रो शरीरमा के गर्छ ?

Image

नाइट्रस अक्साइड ग्यासले मानिसहरूलाई आराम महसुस गराउँछ, हल्का महसुस गराउँछ या रिँगटा लगाउँछ।

यसले टाउको पनि दुखाउन सक्छ र प्रयोगकर्तालाई चिन्ताग्रस्त वा व्याकुल बनाइदिन सक्छ। यसको अति प्रयोगले मानिसहरू बेहोस पनि हुन सक्छन्।

यसको अत्यधिक प्रयोगले भिटामिन बी १२ कम बनाइदिन सक्छ जसले मेरुदण्डका नशाहरूमा क्षति पुर्‍याउन सक्छ। नशामा पुगेको क्षतिका सुरुवातका लक्षणहरू चाहिँ हात र खुट्टाहरूमा झम्म पार्नु वा केही पनि महसुस नहुनु हो। छालामा अनौठो महसुस हुनु र पछि लडखडाउनु, असंयमित किसिमको हिँडाइ, खुट्टाको तल्लो मांसपेशी कमजोर बन्ने, मांसपेशी कस्सिने वा कडा हुने, शारीरिक प्रतिक्रियाहरू अत्यधिक देखिने जस्तै अङ्गहरू फरफराउने, मूत्रथैलीमा समस्या र यौन शक्ति कमजोर गराउन सक्छ।

सन् २०२३ को समीक्षामा द एडभाइजरी काउन्सिल अन मिसयुज अफ ड्रग्स ले यसले पुर्‍याउने खति यसको प्रयोग नियन्त्रण गर्नका लागि अपुग रहेको निष्कर्ष निकालेको थियो।

सन् २००१ देखि २०२० सम्म इङ्गल्यान्ड र वेल्समा ५६ वटा मृत्युको कारक नाइट्रस अक्साइड भनिएको थियो। सरकारका अनुसार सन् २०१० यतामात्र त्यो सङ्ख्या ४५ थियो।

तर त्यो सङ्ख्या उपचारका बेला भएका मृत्यु पनि संलग्न भएकाले दुरुपयोगका कारण कति हो भन्नेबारे भने निश्चित छैन।

मृत्यु खास गरी यो ग्यासकै कारण नभै अन्य कुनै कारणले हुने गर्छ। जब ग्यासलाई कारजस्तो बन्द स्थानमा प्रयोग गरिन्छ वा टाउकोमा प्लास्टिकले छोपेर गरिन्छ त्यस्तो अवस्थामा अक्सिजनको कमी भएर मानिसको मृत्यु हुन सक्छ।

इम्पेरिअल कलेज लन्डनका प्रोफेसर डेभिड नटले भने, ‘करिब दश लाख नाइट्रस अक्साइड प्रयोगकर्तामा एक वर्षमा एक जनाको मृत्यु हुने गरो वैज्ञानिक प्रमाणले देखाएका छन्।’

उनी थप्छन्, ‘तुलना गर्ने हो भने ४ करोड मदीरापान गर्नेहरूमा २८ हजारको मृत्यु त्यसका कारण हुने गर्छ।

Tags: