स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. लोहनी नियुक्त
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पूर्व अतिरिक्त स्वास्थ्य सचिवका रुपमा काम गरिसकेका उनी अवकासप्राप्त चिकित्सक हुन्।