post-slider post-slider

स्वास्थ्य मन्त्रालयले नेपाल चिकित्सक संघलाई वार्तामा बोलायो 

Image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएको छ। 

डाक्टरमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरेका छन्। 

चिकित्सक माथि हुने दुर्व्यवहार रोक्न मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा जस्तो अति संवेदनशील जीवन रक्षाको कार्यलाई निरन्तरता दिन उपचार सेवा रोक्ने कार्यलाई स्थगन गरी आजै  मन्त्रालयबाट गठित वार्ता समितिसँग वार्तामा आउन मन्त्रालय अनुरोध गरेको छ।  

 

Tags: