post-slider post-slider

विपिन जोशीलाई हमासले बन्धक बनाएर गाजातर्फ लगेको पुष्टि 

Image

काठमाडौं । इजराइली डिफेन्स फोर्स (आईडीएफ) ले हमासले बन्धक बनाएर गाजातर्फ लगेकाहरुमा नेपालका विपिन जोशी पनि रहेको जनाएको छ।

इजराइलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ।

आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हमासद्वारा बन्धक बनाइएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन्। सीसीटीभी फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पनि पुष्टि भएको आईडीएफले जनाएको छ । इजरायली सेनाले घाइतेहरूलाई हमासले अस्पताल लैजाँदै गरेको फुटेजहरू सार्वजनिक समेत गरेको छ । 

दुतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी समेत दिएको छ।

Tags: