post-slider post-slider

साढे ३ अर्ब मानिस अझै पनि शौचालयबाट वञ्चित 

Image

काठमाडौं । विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । 

विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित रहेको राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका अनुसार ४१ करोड ९० लाख मानिस अझै पनि खुला स्थानमा दिसापिसाब गर्छन् । खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ । 

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब सात वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।

२०७८ को जनगणनाअनुसार नेपालमा शौचालय प्रयोग गर्ने परिवारमा ९.८ प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) को प्रयोग गर्ने गर्दछन् । यो परिवार सङ्ख्या ६ लाख ५३ हजार ७१० रहेको छ । फ्लस (सेफ्टिक ट्याङ्की) भएको शौचालय प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा बढी ५५.१ प्रतिशत रहेको छ । अर्थात् यो सङ्ख्या ३६ लाख ६७ हजार ७८० हो ।

त्यस्तै साधारण शौचालयको प्रयोग गर्नेको सङ्ख्या २० लाख पाँच हजार ४८० रहेको छ । यो प्रतिशतमा हेर्दा ३०.१ रहेको छ । त्यस्तै सार्वजनिक शौचालय प्रयोग गर्नेको प्रतिशत ०.५ रहेको छ । यो सङ्ख्या ३२ हजार ३८१ हो । यसैगरी, शौचालय नहुनेको सङ्ख्या नेपालमा ४.५ प्रतिशत अर्थात् तीन लाख एक हजार ४९० रहेको छ ।

Tags: