post-slider post-slider

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य निरीक्षक चन्द्रेश्वर मण्डललाई सेवाबाट बर्खास्त किन गर्यो ?

Image

काठमाडौं। जनस्वास्थ्य निरीक्षक (छैटौँ तह) चन्द्रेश्वर मण्डललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ।नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका कारण उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।

लोक सेवा आयोगको उजुरी तथा परामर्श विभागीय सजाय परामर्श शाखाको १६ साउनको प्राप्त परामर्श अनुसार नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा (२) को खण्ड (क) बमोजिम नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (२०) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

उनी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टी स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए। 

Tags: