post-slider post-slider

परीक्षण नगरी गर्भवती भएको कसरी थाहा पाउने ? 

Image

केहि समय अघिसम्म प्रेग्नेंसी टेस्ट किट थिएनन्।  त्यतिबेला पनि महिलाहरु गर्भावस्था थाहा पाउथे।  परीक्षण किट प्रयोग नगरी गर्भावस्था पत्ता लगाउन सकिन्छ? वा परीक्षण बिना कसरी गर्भवती भएको थाहा पाउन सकिन्छ? भन्ने महिलाहरुले सोध्ने गर्छन्। 

कुनै महिला गर्भवती भए परीक्षणबाट मात्रै थाहा हुन्छ भन्ने जरुरी छैन। लक्षणका आधारमा पनि गर्भवती भएको थाहा पाउन सकिन्छ। जसलाई सजिलै चिन्न र बुझ्न सकिन्छ । 

गर्भवती महिलामा ५ दिनपछि लक्षण देखिन्छन् भने कतिपयमा शुक्रकीटबाट डिम्ब निषेचित भएको ५/६ दिनपछि लक्षण देखिन्छन्।  

गर्भावस्थाको पाँचौं वा छैटौं हप्तामा यस्ता लक्षणहरू देखिन्छन्। 

महिनावारी हुने अवधि नहुने 

वाकवाकी र बान्ताको समस्या

 धेरै पटक पिसाब गर्न मन लाग्छ

 मुड स्विङ् र चिडचिडापन

 सामान्य भन्दा बढी भोक लाग्ने

दिनभरि थप थकान महसुस हुनु

स्तनको आकार र कोमलतामा परिवर्तन

शरीर दुखाइ र ऐँठन

 

Tags: