![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्ने नक्कली डाक्टर पक्राउ
![Image](/thumbnails/23f63956-d28f-44b8-b5cb-12aad7b02e72_fake-doctor346.jpg)
काठमाडौं । प्रहरीले काठमाडौँबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धवलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेकाे हाे।
भट्टाचार्यले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खाएको तथा विभिन्न क्लिनिकहरूमा काम गरेकाे खुलेकाे कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
प्रहरीका अनुसार उनले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका थिए।