post-slider post-slider

१ सय शैय्या भएका स्वास्थ्य संस्थालाई प्यारामेडिक्स र नर्सिङ पठनपाठनको अनुमती दिने स्वास्थ्य मन्त्रालयको निर्णय 

Image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय देखि ३०० सम्म वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई प्यारामेडिक्स र नर्सिङ पठनपाठनको अनुमती दिने निर्णय गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर ६  मा मेडिकल शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै उक्त निर्णय गरेको हो । 

मन्त्रालयको अनुसार ३०० भन्दा माथी वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई नर्सिङ, प्यारामेडिक्स र मेडिकल अधिकृत पठनपाठनको अनुमती दिने निर्णय भएको छ। 

आवश्यक जनशक्ति, भौतिक संरचना र मेडिकल उपकरणहरुको विद्यमान व्यवस्था अनुसार सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कुन कुन विषयमा, कुन कुन तहमा, कति कति विद्यार्थी पठनपाठन गर्न/गराउन सक्ने कुराको जानकारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनको निमित्त पत्राचार गर्ने मन्त्रालयले जनाएको छ।

त्यसका लागी चिकित्सा शिक्षा आयोग लगायत सम्बन्धित निकायहरुमा पत्राचार भई सकेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। उक्त निर्णयको कार्यन्वयन हुँदा चिकित्सा शिक्षा पढ्न इच्छुक सबै विद्यार्थीहरुले नेपाल मै पठनपाठन गर्न पाउने उनले बताए । जसका कारण हजारौंको रोजगारी सृजना हुने, ठूलो संख्यामा युवा शक्ति विदेश पलायन रोक्ने, विदेशी विद्यार्थी नेपाल आई अध्ययन गर्नाले विदेशी रकम अर्बौ देशमा भित्रिने, नेपाली विद्यार्थी नेपाल मै अध्ययन गर्नाले खर्बौ रकम मुलुक मै रहने स्वास्थ्य मन्त्री बस्नेतले बताए । 

Tags: