post-slider post-slider

चिकित्सक कुटपिट प्रकरणः बैतडी जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको पनि बिरोध 

Image

काठमाडौं । हेटौंडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त विडारी माथि गरिएको सांघातिक हमलाप्रति बैतडी जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले पनि बिरोध जनाएका छन्। उनीहरुले दोषीलाई कारवाही नभएसम्मको लागि सेवा नदिने घोषणा गरेका छन्। 

स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रमहरु समेत सार्वजानिक गरेका छन्। आज कालोपट्टी बाँधेर विरोध गर्ने र स्टेथिस्कोप जिल्ला प्रशासनमा बुझाउने, भोलि देखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।  बैतडी जिल्ला अस्पतालका सम्पुर्ण चिकित्सक सहमत हुँदै हस्ताक्षर गरेर आजै जिल्ला प्रशासन कार्यलयमा जानकारी गराइसकेका छन्।  ।

बैतडीका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा लेखिएको छ, ‘स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा यस्ता किसिमका गतिविधि जुनसुकै अस्पताल र जो सुकैलाई जतिबेला पनि पर्न सक्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुति नभएकाले दोषीलाई कारवाही नभएसम्मको लागि मानसिक रुपले विक्षिप्त अवस्थामा हामी बिरामी हेर्न असमर्थ रहेको जानकारी गराउदछौ।’

 

Tags: