post-slider post-slider

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

Image

कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।

महाराजगञ्ज नगरपालिकाको आयोजना तथा छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार दिउँसोसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए।

शिविरमा आएका पाँच सय चार जनालाई चस्मा वितरण र एक सय ७२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए। 

शिविरमा मधुमेहका बिरामीका साथै अन्यलाई पनि  निःशुल्क औषधि वितरण गरिएको थियो। महाराजगञ्ज नगरपालिकाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।

 रासस

Tags: