डेंगूबाट बच्ने उपाय
काठमाडौं । लामखुट्टे को टोकाई बाट सर्ने भाइरस को संक्रमण बाट हुने रोग मध्ये को एउटा रोग डेंगू पनि हो । यो फेल्बभाइरस अन्तर्गत पर्ने डेंगु भाइरस नाम को जीवाणु ले गर्दा लाग्दछ ।
एडिज इजीप्टाई जात को लामखुट्टे ले डेंगु भएका लाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । शुरुमा अफ्रिका मा मात्रै पाइने यो लामखुट्टे सबैजसो गरम भूभाग मा पाइन्छन् र इनले प्रायः दिउँसो वा साँझपख टोक्ने गर्दछन् ।
यो लामखुट्टे का खुट्टा मा सेता धर्साहरु र ढाड को माथिल्लो भागमा वीणा आकार का धर्साहरु रहेका हुन्छन्, जुन अरु प्रजाति का लामखुट्टे मा देखिँदैन । पानी जम्ने ठाउँ, साना खाल्डाहरु मा सफा पानी धेरै दिन देखि जमेर बसेको भए यस्ता ठाउँहरु मा यो लामखुट्टे ले फुल पार्दछ ।
डेंगू को जटिलता अनुसार एसलाई ३ प्रकारमा वर्गीकरण गरिएको छ ।
डेंगू फिभर
डेंगू हेमोरेजिक फिभर
डेंगू शक सिन्ड्रोम
डेंगू संक्रमणका बेला विशेष खालको ज्वरो आउँछ । जसलाई डाक्टरी भाषामा हेमोरेजिक फिभर भनेर चिनिन्छ। हातगोडा, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुने यो रोगका प्रमुख लक्षण हुन् । तेसैले एसलाई ब्रेक बोन फिभर पनि भनिन्छ ।
यो रोग विश्वभरि फैलिएको भए पनि नेपाल र भारत मा एसबाट प्रभावित हुनेको संख्या बढ्दो छ । यो भाइरस को ४ वटा सेरोटाइप्स डेन वान, टु, थ्रि, फोर छन्। जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । आजभन्दा केही शय वर्ष अगाडी यी भाइरसहरु बाँदर बाट मानिस मा सरेको हुन सक्ने अनुमान गरिएको छ ।
लक्षण
डेंगु भाइरस बोकेको लामखुट्टे ले टोकेको सात दिन पछि बिमारी का लक्षणहरु देखिन थाल्छन् । जो एसप्रकार छन्(
हातगोडा का मांसपेशी र जोर्नी दुख्ने ।
छाला मा चालाहरु हराउने र देखिने हुने ।
चर्को ज्वरो आउनु ।
बेस्कन टाउको दुख्नु ।
आँखा को पछिल्लो भाग मा पीडा हुनु ।
वाकवाकी लाग्नु र वान्ता हुनु ।
स्थिति अझै गम्भीर हुँदै गयो भने लक्षण पनि अरु दुःखदायी हुन थाल्छ
नाक, मुख गिँजा बाट रगत आउने ।
आन्तरिक रक्तस्राव हुने ।
कालो दिसा तथा कालो वान्ता आउने ।
रगत मा प्लेटलेट को संख्या घट्न थाल्ने ।
पेट दुख्ने ।
छाला मा मसिना राता बिमिराहरु देखिने ।
नाडी मधुरो हुने ।
रक्तचाप घट्दै जाने ।
शरीर मा रगत को कमी हुँदै जाने ।
डेंगू को निदान
डेंगू मा आउने ज्वरो र मलेरिया तथा टाइफाइड मा आउने ज्वरो शुरु शुरु मा उस्तै उस्तै लाग्छन् । अन्य लक्षणहरु ले डेंगू को संकेत गरेपछि एसको निदान गर्न बिरामी को रगत तथा सेरम को नमूना लिने गरिन्छ । बिरामी बढ्ता गर्मी हुने र लामखुट्टे लाग्ने ठाउँ मा गए नगएको कुरा ले पनि डेंगू हो होइन पत्ता लगाउन मद्दत मिल्दछ ।
विभिन्न कोषहरु मा कल्चर गरेर कीट तथा सेरोलोजिकल गरेर प्रयोगशाला मा सजिलै रोग को पहिचान गर्न सकिन्छ । एस रोग का लक्षणहरु देखिना साथ तुरुन्तै अस्पताल गएर परीक्षण गर्नुपर्दछ । नेपाल का सबै सरकारी अस्पताल मा एसको परीक्षण निःशुल्क गरिन्छ । डेंगू मा मुख्य गरेर प्लेटलेट्स भन्ने रगत जमाउने कोष कम भएर जाने हुनाले रगत बग्ने डर भएको हो ।
डेंगूको उपचार
डेंगू भाइरस का कारण हुने भएकाले एस रोग को ऐले सम्म कुनै खास औषधि तथा सूई उपलब्ध छैन । खोप को पनि आविष्कार भइसकेको छैन । आराम गर्ने, प्रशस्त पानी पिउने तथा ज्वरो को औषधि सेवन गर्ने र रगत बगेको अवस्था मा प्राथमिक उपचार गरेरर जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ । अस्पताल मा ज्वरो कम गर्न टाइलिनल वा प्यारासिटामोल दिन हुन्छ तर इबुप्रोफेन वा एस्पिरिन दिनु हुँदैन, किनकि इनले आन्तरिक रक्तस्राव लाई बढावा दिन सक्छ । बिरामी को अवस्था हेरेर पानी वा रगत चढाउनु पर्ने पनि हुन सक्छ ।
डेंगू बाट बच्ने उपाय
डेंगू बाट बच्ने प्रमुख उपाय भनेकै लामखुट्टे को टोकाई बाट आँफूलाई जोगाउनु हो ।
लामखुट्टे भएको क्षेत्र मा जाँदा उज्याला र सफा कपडा लगाउने जसलाई लामखुट्टे ले मन पराउँदैन ।
लामखुट्टे भगाउने ओडोमस जस्ता क्रीम वा तेल खुला रहेका हातखुट्टा मा लगाउने ।
राति सुत्दा झूल टाँगेर वा लामखुट्टे भगाउने मस्क्विटो म्याट वा धूप को प्रयोग गर्ने ।
झ्याल ढोका मा जाली लगाउने ।
शरीर मा सेन्ट नलगाउने । सेन्ट ले पनि लामखुट्टे लाई आकर्षित गर्दछ ।
सकेसम्म बसाउने साबुन ले ननुहाउने ।
घर वरिपरि पानी जम्न नदिने ।