post-slider post-slider

जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको मृत्यु

Image

काठमाडौं। जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको मृत्यु भएको छ। 

लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसका कारण नवलपुरको देवचुली– १७ निवासी ६६ वर्षीया महिलाको मृत्य भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ। 

नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ । जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको थप एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताए।  देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए।

नवलपुरमा गत वर्ष जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको ज्यान गएको कार्यलयले जनाएको छ । 

Tags: