post-slider post-slider

डाक्टरहरु अस्पताल छोडेर किन सडकमा उत्रिए?

Image

काठमाडौं । एकपछि अर्को डाक्टरमाथि कुटपिट र स्वास्थ्य संस्थाहरूमा आक्रमण हुन थालेपछि अहिले डाक्टरहरु अस्पताल छोडेर सडकमा उत्रिएका छन्। 

सडकमा उत्रिएका डाक्टरहरु गृह मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा सहितको नाराबाजी गरिरहेका छन्। अहिलेको सरकारले आफुलाई कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको भन्दै उनीहरुले दुई मन्त्रीको राजीनामाको माग उठाएका छन्। 

आफ्नो कार्यस्थलमा सुरक्षाका लागि हदैसम्मको कानुनी र नीतिगत व्यवस्थाका माग पुरा नगरेसम्म सरकारसँग वार्तामा नजाने अडान डाक्टरहरुले लिइरहेका छन् । ।

साता दिनमै देशभरि आधा दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट र त्यत्तिकै स्वास्थ्य संस्थाहरूमाथि आक्रमण भएका छन् ।

स्वास्थ्यकर्मीका हकहितका लागि गठन भएका संघ संस्थाहरूले निरन्तर विज्ञप्ति निकालेर घटनाहरूको विरोध गरिरहेका छन् र डाक्टरहरूको आन्दोलनलाई समर्थन पनि गरिरहेका छन्।

‘डाक्टर भगवान होइन एउटा मान्छे मात्र हो । डाक्टरले बिरामीले मान्छे बचाउने नै सोच्छ । भगवान नभए पनि बिरामी बचाउन पहल गरिन्छ ।’ अर्थोपेडिक रेसिसडेन्ट डा दिनेश गुप्ता भन्छन, ‘बचाउने प्रयास गर्दा गर्दै  बिरामीले ज्यान गुमाउनु डाक्टरको दोष होइन्। डाक्टरले जानेर गल्ति गर्ने होइन्। यदि गलत भएको महसुस भएमा प्रक्रिया अनुसार उजुरी गर्न मिल्ने निकाय छ । त्यहाँ उजुरी गर्नुपर्छ । उक्त निकायले छानबिन गरेर डा दोषि भए कारबाही गर्छ । ’
 
विगत १५ दिन यता दिनप्रतिदिन स्वास्थ्यकर्मी कुटपिटका घटनाक्रम बढिरहँदा सरकारले हामीलाई सुरक्षा प्रत्याभुति गराउन नसक्दा सडकमा उत्रिनु परेको रेसिडेन्ट एसोसियसन न्याम्सको अध्यक्ष डा कपिल गौतमले बताए। । 

सरकारले हाम्रा समस्या सुनेन, सरकार सुस्त भयो, हामीले त्रासको वातावरणमा काम गर्न नसकेर सडकमा उर्लिएको उनी बताउँछन्। 

उनका अनुसार यस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । दोषिलाई प्रक्राउ गरिएको छैन । प्रक्राउ भएकोमा पनि मुख्य दोषि भएका छैनन । राजनैतिक हस्तक्षेप भइरहेको छ। हाम्रो समाज अराजक हुँदै गइरहेको छ। कलम र कैची चलाउने मान्छे टन्टलापुर घाममा नाराबाजी गर्नु हाम्रो रहर होइन्। अहिलेसम्म भएका दुर्व्यवहारमा दोषि लाई कारबाहीको दायरामा ल्याउनु हाम्रो वार्ताको पुर्व सर्त हो । 

भयरहित वातावरण काम गर्न पाउने सुनिश्चितता नगरेसम्म अनिश्चितकालीन आन्दोलन होमिएको उनले बताए । 

 ‘यसले बिरामीलाई पनि असर गरेको छ। चिकित्सक झनै मारमा छन्। हाम्रो मनोबल गिरेको छ। सुरक्षा छैन । उपचार गर्न पनि डराउनुपर्ने अवस्था छ । हाम्रो दैनिकी पनि बिथोलिएको छ’ उनी भन्छन्,‘ राज्यमा कानुन नभएको आभास भइरहेको छ । डाक्टर पनि राज्यका नागरिक हुन् त्यसको संरक्षण राज्यले गर्नुपर्दैन? डाक्टरले जस्तोसुकै दुर्व्यवहार सहेर पनि सेवा दिनुपर्छ ?’ 

उनका अनुसार सरकारले यसअघि नेपाल चिकित्सक संघ (एनएमए) सँग भएको सम्झौता पनि कार्यन्वयन भएको छैन । हामीले दीर्घकालिन सुरक्षा चाहिएको हो । हामी बारम्बार सडकमा उत्रन चाहादैनौं । 

देशमा धैर्य धारण गर्ने मान्छे नभएर बिकृति बिसङगती फैलियो ।र, दादागिरी राजनैतिक हस्तक्षेप, माफियाको बार्गेनिङ गर्ने बढे । राज्यले कारबाही गर्न सकेन । कानुनको आभाष नभएको देश भएर यस्तो अवस्था आएको हो । 

 

Tags: