post-slider post-slider

सुआहारा कार्यक्रमको दश वर्ष: के के उपलब्धी भए ? 

Image

काठमाडौं । युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा बृहत बहुक्षेत्रीय पोषण कार्यक्रम हो । सन् २०११ देखि २०१६ सम्म सुआहारा पहिलो र सन् २०१६ देखि २०२३ सम्म सुआहारा दोस्रो गरि दुइ  चरणमा कार्यान्वयन भएको यो कार्यक्रमले नेपालका ७७ मध्ये ४२ जिल्लामा मातृ तथा शिशु पोषण अवस्थाको सुधार गर्ने लक्ष्य लिएको थियो । 

यो लक्ष्य प्राप्तिका लागि सुआहाराले ३८९ नगर गाउँपालिकाका ३ हजार ३५३ वडा र समुदायहरूमा स्थानीय आवश्यकताको आधारमा पोषण, स्वास्थ्य तथा परिवार नियोजन, कृषि तथा बजारीकरण, खानेपानी, सरसफाइ तथा स्वच्छता र पोषण सुशासनसम्बन्धी क्रियाकलापहरु कार्यान्वयन गरेको थियो । सिमान्तकृत र सामाजिक रुपमा कमजोर समुदायहरुबिच पुग्नका लागि सुआहाराले सरकारको संरचना, सामुदायिक मञ्चहरु र राष्ट्रिय कार्यक्रमहरूसित बलियो रुपमा आवद्ध रहेको थियो ।

अन्य उद्देश्यहरूमा सुआहाराले आमा तथा बच्चामा देखिने रक्तअल्पता, बालबालिकामा देखिने ख्याउटेपन, आमा र बच्चाको खानपान, स्वास्थ्य सेवाको उपभोग, खानेपानी  सुआहाराः कार्यान्वयन समय रेखा सुआहाराले नेपालको ५५ प्रतिशत भुभाग कभर गर्दछ र २२ लाख मानिससम्म पुगेको छ । मुल्याङ्कन गरिएका कार्यक्रम सञ्चालन भएका जिल्ला मुल्याङ्कन गरिएका कार्यक्रम सञ्चालन नभएका जिल्ला सुआहारा दुई कार्यक्रमको जिल्ला शुद्धिकरण तथा सरसफाइसँग सम्बन्धित व्यवहारहरू परिवर्तन गर्नमा कस्तो प्रभाव पार्याे भन्ने रहेको थियो ।

यो अनुसन्धान अर्ध–प्रयोगात्मक विधिको आधारमा गरिएको थियो । पहिलो चरणमा कार्यक्रम सञ्चालन हुने ४ वटा र कार्यक्रम सञ्चालन नहुने ४ वटा जिल्लाहरु समान सामाजिक, आर्थिक, भौगोलिक तथा जनसांख्यीक अवस्थाको आधारमा छनोट गरिएको थियो । सन् २०१२ मा आधार सर्वेक्षण गरियो भने कार्यक्रम सञ्चालन भएको १० वर्षपछि सन् २०२२ मा उही स्थान र समयमा अन्तिम मुल्याङ्कन सर्वेक्षण गरिएको थियो । यस मुल्याङ्कन अध्ययनमा २ हजार ४८० घरधुरी सहभागी थिए भने तथ्याङ्क सड्ढलन न्यू एरा नामक बाह्य तथ्याङ्क सर्वेक्षण फर्मले गरेको थियो ।

सुआहारा कार्यक्रमको उपलब्धी 

सुआहाराले मातृ कम तौलको अनुपात घटाएको छ र ६ महिनाभन्दा कम उमेरका शिशुको उचाइमा सुधार गरेको छ । पुड्कोपन भने कार्यक्रम सञ्चालन भएका र नभएका जिल्लामा आधार सर्वेक्षणदेखि अन्तिम मुल्याङ्कन सर्वेक्षणको बिचमा २१ अंकले घटेको छ ।

सुआहाराले कम तौल भएका आमाहरूको अनुपात घटाएको छ । सुआहारा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा कम तौल भएका आमाहरूको अनुपातमा १६ अंकको सुधार आएको छ भने त्यही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा जम्मा ७ अंकको सुधार आएको छ ।

सुआहाराले ६ महिनाभन्दा कम उमेरका शिशुको लम्बाई (उमेरको आधारमा लम्बाई÷उचाई) मा सुधार गरेको छ । कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुको तुलनामा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा नवजात शिशुहरूमध्ये उमेरको आधारमा लम्बाई÷उचाई ०.७६ ले बढेको छ ।

सुआहाराले आमा र बच्चाको आहारमा विविधता, न्यूनतम स्वीकार्य आहार र ६ देखि २४ महिनाका बच्चा बिरामी हुँदा थप खाना खुवाउने व्यवहारमा सुधार गरेको छ । सुआहारा कार्यक्रम सञ्चालन नभएका जिल्लाको तुलनामा कार्यक्रम सञ्चालन भएका जिल्लामा स्तनपानको अभ्यास र उचित समयमा पूरक खानाको सुरुवातमा धेरै सुधार भएको छ ।

सुआहाराले न्यूनतम आहार विविधता सुधार्न सघाएको छ महिलाको न्यूनतम आहार विविधता (१० वटामध्ये ५ वा बढी खाद्य समूहबाट खाना खाने) अनुपातमा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा ९ अंकले बढेको छ । सोही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा यस्तो अनुपात ३ अंकले घटेको छ ।

कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा बच्चाको न्युनतम  आहार विविधतामा २५ अंकको सुधार आएको छ । तर उही समयावधिमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भने १६ अंकको मात्र सुधार आएको छ । पछिल्लो १० वर्षमा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा बच्चाको खानामा एक खाना समुह थप भएको छ भने कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भने सामान्य सुधार मात्र भएको छ ।

सुआहाराले बच्चाको न्यूनतम स्वीकार्य आहार र बच्चालाई न्यूनत्तम पटक खुवाउने अभ्यासमा सुधार ल्याएको छ । ६ देखि २४ महिना सम्मका बच्चालाई न्यूनतम पटक खाना खुवाउने अभ्यासको अनुपात कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा १५ अंकले बढेको छ । त्यसैगरी, न्यूनतम स्वीकार्य आहार पूरा गर्ने बालबालिकाको अनुपात कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा १४ अंकले बढेको छ ।

सुआहाराले बिरामी बच्चाको खानपानमा सुधार ल्याएको छ । ६ देखि २४ महिनासम्ममा बच्चा विरामी हुँदा थप खाना खुवाउने अवस्थामा कार्यक्रम संचालन भएका जिल्लाहरुमा १६ अंकले सुधार भएकोमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा ६ अंकको मात्र सुधार भएको छ ।

सुआहारा कार्यक्रमले पुर्ण स्तनपान, जन्मेको एक घण्टाभित्र स्तनपान गराउने तथा उपयुक्त समयमा पूरक खाना खुवाउने अभ्यासमा सुधार ल्याएको छ । कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा पूर्ण स्तनपान गर्ने बच्चाहरुको अवस्थामा १० अंकको सुधार आएको छ भने उही समयमा कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भने १ अंकको मात्र सुधार आएको छ ।

यस्तै, कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा जन्मेको एक घण्टाभित्र बच्चालाई स्तनपान गराउने व्यवहार १२ अंकले वृद्धि भएको छ । त्यसैगरी, ६ देखि ८ महिनासम्ममा पूरक खानाको शुरुवात गराइएका बालबालिकाको अनुपात पनि कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा १० अंकले बढी सुधार भएको छ ।

सुआहाराले स्वास्थ्य संस्थामा प्रसुती गराउने र हात धुने स्थानमा साबुनपानीको उपलब्धतामा सुधार गरेको छ । अन्य केही व्यवहारहरूमा भने कार्यक्रम सञ्चालन भएका र नभएका जिल्लाहरुमा समान सुधारहरु देखिएका छन् । कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा भन्दा सञ्चालन भएका जिल्लाहरुमा कम्तिमा तीनवटा उत्तर प्रसुती स्याहार भ्रमण, गर्भावस्थामा कम्तिमा १८० आइरन फोलिक एसिड चक्कीको उपभोग र पिउने पानीको शुद्धीकरणमा सकारात्मक सुधार आएको छ ।

सुआहाराले स्वास्थ्य संस्थामा प्रसुती गराउने अवस्थामा सुधार ल्याएको छ कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको अवस्थामा ४७ अंकको सुधार आएको छ भने कार्यक्रम सञ्चालन नभएका जिल्लाहरुमा ३२ अंकको मात्र सुधार भएको देखिएको छ ।

सुआहाराले हात धुने स्थानमा साबुनपानीको उपलब्धतामा सुधार ल्याएको छ हात धुने स्थानमा साबुन पानी उपलब्ध भएका घरहरुको अनुपात कार्यक्रम सञ्चालन नभएका भन्दा भएका जिल्लाहरुमा १४ अंकले बढेको छ ।

 

Tags: