post-slider post-slider

विश्व मधुमेह दिवस २०२३ – ‘जोखिम बुझौं, सजगता अपनाऔं’

Image

काठमाडौं । १४ नोभेम्बर, विश्व मधुमेह दिवस । यस अवसरमा ‘जोखिम बुझौं, सजगता अपनाऔं’ भन्ने नारा सहित तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी)को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना सुरु गरेको छ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ । कम आयस्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९ वर्ष उमेर समुहका १०.५५ वयस्क जनसंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ ।

मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप २ मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशाणुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाईन्छ । मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्दछ । मधुमेहका असरहरूमा अन्धोपन, हृदय रोग, मृगौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ । 

त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पु¥याउन जरुरी छ । प्रशस्त पानी, सागसब्जी, फलपूmल तथा अन्य पौष्टिक आहार सेवनका साथै शारीरिक व्यायाम गरी मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । 

आँखा रोग विशेषज्ञहरुका अनुसार मधुमेह भएका व्यक्तिले आँखामा पर्ने असर (डायबेटिक रेटिनोप्याथी) बाट बच्न समयमै आँखा परिक्षण गराई दृष्टिविहीन हुनबाट जोगिन सकिन्छ । नियमित चेकजाँच गरी चिकित्सकको सल्लाह बमोजिम जीवनशैली व्यवस्थापन गरी मधुमेहको जोखिम कम गर्न सकिन्छ ।

 

Tags: