post-slider post-slider

गाजाका अस्पतालमा अत्यावश्यक सामग्रीको अभाव, स्वास्थ्य सेवा चाहिने मानिसहरू बाहिरिने हतारोमा

Image

इजरेली हमला जारी रहँदा गाजामा अस्पतालहरूमा अत्यावश्यक सामग्रीहरूको अभाव तीव्र बन्दै गएको अवस्थाले जरुरी स्वास्थ्य सेवा चाहिने मानिसहरू गाजाबाट बाहिरिने हतारोमा छन्।

बुधवार आंशिक रूपमा खुला गरिएको गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट सयौँ विदेशी राहदानी वाहक र घाइते प्यालेस्टिनीहरू बाहिरिएका छन्।

बिहीवार पनि खुल्ने अपेक्षा गरिएको उक्त नाकाबाट थप ५०० जना जति विदेशी र घाइतेहरू गाजाबाट बाहिरिने अनुमान छ।

बिहीवार नाका पार गर्न अनुमति पाउनेहरूको नाम इजिप्टले नाकामा राख्नेछ।

गाजा सीमाका अधिकारीहरूले नाका सञ्चालनमा नै रहने जनाएका छन्।

कूटनीतिक समाचार स्रोतहरूले सङ्केत गरे अनुसार दुई हप्ताको समयमा साढे सात हजार विदेशी राहदानीवाहकहरूले गाजा छाड्न सक्नेछन्।

इजरेली सेनाले उस्का सैन्यहरू गाजा स्ट्रिपमा अझ अगाडि बढेका बताएको छ।

आइडीएफका प्रवक्ता ड्यानिअल हागारीले स्थल, जल र हवाई संयुक्त सैन्यले गाजा स्ट्रिपमा हमासको अग्रपङ्क्ति पार गरेको बताएका छन्।

प्यालेस्टिनी रेड क्रेसन्टले रातभर अल कुद्स अस्पतालसहित गाजा सिटीमा ठूलो विस्फोट र तोप हमलाको आवाज सुनिएको बताएको छ। उक्त परोपकारी संस्थाले उक्त अस्पतालको झ्यालबाट रेकर्ड गरिएको भिडिओ सामाजिक सञ्जालमा राखेको छ जसमा विस्फोटका आवाज सुनिनुका साथै चम्किला आगोका लप्काहरू देख्न सकिन्छ।

गाजामा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेलको बम हमला आरम्भ भएयता त्यहाँ आठ हजार सातसय भन्दा बढीको ज्यान गुमाएको जनाएको छ।

बीबीसी

Tags: