post-slider post-slider

देशभर डेंगु संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो

Image

काठमाडौैं । देशभर डेंगु संक्रमितको सङ्ख्या २१ हजारभन्दा नाघेको छ। १३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांक अनुसार  देशभर डेंगु संक्रमितको सङ्ख्या २१ हजार २०६ पुगेको छ । भने  १३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। 

हालसम्म डेंगु संक्रमण ७५ जिल्लामा फैलिसकेको छ। सबैभन्दा धेरै कोशी प्रदेशमा संक्रमित  छन्। हालसम्म कोशीमा मात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि बागमती प्रदेशमा ३ हजार १४६ जनामा पुष्टि भएको छ । भने तेस्रोमा गण्डकी प्रदेशमा ६४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ५९८, लुम्बिनी प्रदेशमा ३६४, मधेस प्रदेशमा १९१ र कर्णाली प्रदेशमा ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

 

Tags: