post-slider post-slider

जाडोमा घ्यू खानु यी व्यक्तिका लागि हानिकारक हुन सक्छ

Image

काठमाडौं । आयुर्वेदमा घ्यूलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर आजकल प्रदूषण र खराब खानपानका कारण हुने धेरै प्रकारका शारीरिक समस्याका कारण घ्यूको सेवन हानिकारक पनि हुनसक्छ । 

घ्यूका धेरै फाइदाहरू छन् र यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्छ। तर घ्यू सबैका लागी उपयुक्त हुँदैन । लिपिड प्रोफाइल बढेको व्यक्तिले जाडोमा घिउ खानु नहुने विज्ञहरु बताउँछन् ।

उच्च कोलेस्टेरोल र ट्राइग्लिसराइडको समस्या भएका व्यक्तिहरूले घ्यूको सेवन गर्नु हुँदैन । उच्च रक्तचापको समस्या भएकाहरूले जाडोमा घ्यूको सेवन कम गर्नुपर्छ । घ्यूको सेवनले रक्तचापको समस्या बढ्न सक्छ ।

लिभर सिरोसिसजस्ता कलेजोसम्बन्धी समस्या भएका व्यक्तिहरूले गल्तीले पनि घ्यूको सेवन गर्नु हुँदैन। यसको सेवनले कलेजोको समस्या बढ्न सक्छ ।

घ्यूको सेवनले पाचन शक्तिमा सुधार ल्याउँछ तर अपच, ग्यास वा पेटसम्बन्धी अन्य समस्याबाट पीडित व्यक्तिले जाडो मौसममा घ्यूको सेवन नगर्नुपर्छ ।

दैनिक व्यायाम वा योग नगर्नेहरूले पनि थोरै मात्रामा घ्यूको सेवन गर्नुपर्छ । यस्ता व्यक्तिले रोटीमा घ्यू लगाएर मात्रै खान सक्छन् ।

घ्यू खाने सहि तरिका के हो ? 

घरमा बजाएको घ्यूलाई सुपर फुडमा गनिन्छ, यसमा धेरै भिटामिन र मिनरल्सका साथै स्वस्थ बोसो हुन्छ जसले स्वस्थ राख्न मद्दत गर्छ। यसको साथै औषधीय गुणले भरिपूर्ण घ्यूलाई परम्परागत चिकित्सामा धेरै किसिमले प्रयोग गरिन्छ।

पहिले देखि नै धेरै स्वास्थ्य सम्बन्धी समस्या भएका व्यक्तिहरूले भैंसीको घ्यूको सट्टा गाईको घ्यू खानुपर्छ। गाईको घ्यूको सेवनले मोटोपनाको जोखिम कम गर्न सकिन्छ ।

आयुर्वेदका अनुसार गाईको घ्यू अग्निवधिकार हो अर्थात गाईको घ्यूको सेवनले पाचन शक्ति बढाउँछ । घ्यू तताएर नखाने बरु रोटीमा लगाएर वा तरकारीमा हाल्नुपर्छ । यसका कारण शरीरलाई घ्यूको फाइदा हुन्छ । घ्यूमा सागसब्जी पकाउँदा घ्यूको पूर्ण लाभ प्राप्त हुँदैन ।

Tags: