post-slider post-slider

पाटन अस्पतालका चिकित्सकमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघको बिरोध

Image

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक संघले विरोध जनाएको छ।

जेष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएकोप्रति  चिकित्सक संघले बिरोध जनाएको छ ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुंगाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको थियो। दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेका यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भएकोले उक्त घटनामा संलग्न दोषीहरुलाई कारबाही गर्न समेत संघले माग गरेको छ। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन( बमोजिम कानूनी कारवाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस संघ माग गर्दछ,’ संघले जरी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

संघले पाटन अस्पताललाई जेष्ठ नागरिकहरूको मृत्युको सत्यतथ्य छानविन गरी यथार्थ सार्वजनिक गर्न अनुरोध गरेको छ।

 

May be an image of hospital and text

Tags: