post-slider post-slider

परीक्षामा सामेल हुन रोक लगाएपछि कान्तिपुर डेन्टल कलेजकी एक छात्राले गरिन् आत्महत्याको प्रयास 

Image

काठमाडौं । कान्तिपुर डेन्टल कलेजकी एक छात्राले परीक्षामा सामेल हुन रोक लगाएका कारण आत्महत्याको प्रयास गरेकी छिन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीले आज प्रेस विज्ञप्ति जारी गर्दे उक्त कुराको जानकारी दिएको हो।  कमिटीले  मेडिकल विद्यार्थीहरु कलेज प्रशासनको यस्तो अमानवीय कदम बारे गम्भिर ध्यानाकर्षण भन्दै दोषीलाई कार्वाहीको माग गरेको छ। 

यस्ता दादागिरी, लापरवाही र मानसिक यातना दिने काम कान्तिपुर डेन्टल कलेजमा मात्रै हैन, देशका सबै मेडिकल कलेजहरुमा प्रसस्त छन् जुन सरासर गलत र दण्डनीय भएकाले यसको अन्त्य गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

यस घटना बारे कलेज प्रशासन मुख्य जिम्मेवार भएर सम्पुर्ण क्षतिपुर्ति, बिरामीको उपचार, रेखदेख र दोषीलाई कानुन बमोजिम कारबाहिको गर्नुपर्ने उनीहरुको माग छ। 

कलेज प्रशासनले यस कुरामा गम्भिर भएर चासो नदिए  कलेज बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।  

Tags: