![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
![Image](/thumbnails/baa9a215-349f-4469-856e-7f2b0f41ed9f_56496368_2164777400283909_4585678131729268736_n.jpg)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको निलम्बन तत्कालै फिर्ता गर्न निर्देशन दिएका छन्।
मन्त्री राईले काठमाडौँ विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाउँदै निलम्बित विद्यार्थी डा दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा शैक्षिक वातावरण तयार गर्न निर्देशन दिएका हुन्।
काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिइएको जानकारी दिए।
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।