post-slider post-slider

वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेका म्यानपावर कम्पनी निलम्बित 

Image

काठमाडौं। वैदेशिक रोजगार विभागले नेपाली विशेषज्ञ चिकित्सकलाई कुवेतमा रोजगारीको माग भएको भन्दै आवेदन खुल्ला गरेको म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ।

सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको विभागले जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ।

बिज्ञप्तीमा विभागको पूर्व स्वीकृति विना सामाजिक सञ्जाल (फेसबुक) मार्फत नेपाली डाक्टरहरुलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गरेकाले निलम्बन  गरिएको उल्लेख छ । 

 

Tags: