post-slider post-slider

मनसँग खेल्नुपर्ने मान्छेलाई इक्जामिन र सुपर भिजन किन गरिदैन: मनोविद् विजया 

Image

मानसिक स्वास्थ्यमा पनि लाइसेन्स लिनुपर्ने व्यवस्था हुनुपर्छ। यसको बिषयमा लबिङ गरेको पनि लगभग १० वर्ष भइसक्यो। कुनै एउटा सरकारी निकायले परिक्षा लिएर लाइसेन्स दिनुपर्छ । त्यो भएको छैन। 

मनसँग खेल्नुपर्ने मान्छे । एउटा शब्दले एउटा मान्छे बाच्ँछ। एउटा शब्दले एउटा मान्छे आत्महत्या गर्छ। प्राण त्याग्छ । यस्तो गम्भिर क्षेत्रमा काम गर्नुपर्ने मान्छेहरुलाई किन हामीलाई इक्जामिन गरिदैन, सुपर भिजन गरिदैन, हाम्रो माथि को बस्छ? 

म गलत हुँदा मलाई सम्हाल्ने को? म कहाँ जाने? 

मैले गरिरहेको काम सहि गरे या गलत कसले हेर्छ? 

मेले गलत गरे को सँग सिक्ने यो राज्यले हामीलाई दिएको छैन। राज्यले यसको व्यवस्था गर्नुपर्छ।  

मानसिक स्वास्थ्य क्षेत्र एकदमै ठुलो छ। सरकारले मानसिक स्वास्थ्यमा सहयोग गर्ने निजी व्यक्ति पनि छन्।

सरकारलाई निजी संस्थासँग समन्वय गर्नका लागी रोकेर निश्चित एक दुई जनाले आफ्नो हातमा पार्न खोज्दा लाइसेन्स प्रदान गर्ने विषय प्रक्रियामा जानुपर्ने, त्यो प्रभावित भइरहेको छ। 

अहिले ‘माल प्राक्टिस’ गैर सरकारी संस्था जसको राजनैतिक पहुँच छ । जसको आर्थिक पहुँच छ । उहाँहरुले सरकारको नीतिलाई चलाएर आफ्नो अनुसार बनाइरहेका छन् ।

गैर सरकारी संस्थाले सरकारी नीति बनाउन मुख्य भुमिका खेल्नु भनेको जोखिम हो। 

(विजया बिजुक्छे मनोविद् हुन्। जनस्वास्थ्य छलफल समुहले मानसिक स्वास्थ्यमा राज्यको नजरअन्दाज बिषयमा भएको बहसमा उनले बोलेको सम्पादित अंश)

 

Tags: