post-slider post-slider

हाँस्य कलाकार मदनकृष्णको मोतियाविन्दु शल्यक्रिया

Image

काठमाडौं । वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको तिलगंगा आँखा प्रतिष्ठानमा मोतियाविन्दु शल्यक्रिया गरिएको छ।

डा सन्दुक रुइत, डा रिता गुरुङ्ग र डा गोविन्द पौड्याल सहितको समूहले  आज उनको देब्रे आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ।  प्रतिष्ठानका अनुसार शल्यक्रियामा उनको आँखामा प्रतिष्ठानमा नै उत्पादित इन्ट्राकुलर लेन्स (मोतियाविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ।

उनको दाहिने आँखाको मोतियाविन्दु शल्यक्रिया ३ महिना अगाडि गरिएको थियो। 

 

Tags: