post-slider post-slider

१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

Image

काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ ।

एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको भन्दै विभागले जारी गरेको सूचनामा उल्लेख छ। 

विभागका अनुसार एन्टिबायोटिकको प्रति जैविक प्रतिरोधलाई न्यूनीकरण गर्न तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने यो निर्णय गरिएको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस नगरिएका प्रति जैविक औषधि र सम्मिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो ।

हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।

Tags: