post-slider post-slider

स्क्रिनमा पढ्दा हाम्रो दिमागमा कस्तो असर पर्छ?

Image

डिजिटल माध्यमबाट पढ्नुका समेत स्पष्ट फाइदाहरू छन्। जस्तो, महँगो पर्ने हार्ड कभर पुस्तकका प्रति कम मूल्यमा पढ्न सकिन्छ। 

तर धेरै अनुसन्धानका अनुसार यसका बेफाइदाहरू समेत छन्।

बीबीसी रिलमा प्रकाशित एक सामग्री अनुसार 'स्क्रिनमा पढ्दा हाम्रो दिमागलाई के हुन्छ' भनेर ३० जनाभन्दा बढी देशका विद्वान र वैज्ञानिकहरूलाई डिजिटलाइजेसनको प्रभावबारे अनुसन्धान गर्न लगाइएको थियो।

यस अनुसन्धानका निष्कर्षबारे नर्वेको स्टाभान्जर यूनिभर्सिटीकी प्राध्यापक तथा लेखक एनी मङ्गेन भन्छिन्: "हामीले स्मार्टफोनमा पढ्न सक्ने संक्षिप्त समाचार अपडेटजस्ता धेरै कुराहरू छन्। तर यस अनुसन्धानले हामीले स्क्रिनमा पढ्ने सामग्री कागजमा पढ्ने सामग्रीभन्दा तुलनात्मक रूपमा कम सजिलै बुझ्न सकिन्छ भनेर फेला पार्‍यो।"

अमेरिकी गैरसरकारी संस्था 'सेपियन ल्याब्स' को हालैको एक प्रतिवेदनका अनुसार बालबालिकालाई कम उमेरमा स्मार्टफोन दिनुको नकारात्मक असर युवा अवस्थामा देखिने गरेको छ।

साइन्टिफिक अमेरिकानाका अनुसार हाम्रो मस्तिष्कले कागजमा भन्दा स्क्रिनमा पढ्दा धेरै स्रोतहरू प्रयोग गर्छ। र हामीले लामो समयसम्म स्क्रिनमा पढेको कुरा सम्झन पनि गाह्रो हुन्छ।

त्यसैले हामीले कुन माध्यमबाट पढ्छौँ भन्दा पनि हामीले के र कति पढ्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ।

किनभने अध्ययनले मानिसको दिमागमा प्रभाव पार्छ। 

यसले तपाईँले दृश्यले गर्ने तर्क, भाषाले गर्ने तर्क र सोच र भावनात्मक तर्कलाई नयाँ तरिकाबाट जोड्छ। 

बीबीसी

Tags: