नेसनल क्यान्सर अस्पतालमा भारतीय पुर्व सैनिकको क्यान्सर उपचारमा खर्च नलाग्ने
काठमाडौं। नेसनल क्यान्सर अस्पतालले पूर्व सैनिक योगदानात्मक स्वास्थ्य योजना (इसिएचएस) सेवा सूचारु गर्ने भएको छ।
अस्पतालका प्रबन्ध निर्देशक प्रोफेसर श्याम कृष्ण जोशी र इसिएचएसका प्रतिनिधि बिच उक्त सम्झौता भएको हो। सम्झौताअनुसार पुर्व भारतीय सैनिक र उनीहरुका परिवारले नेसनल क्यान्सर अस्पतालमा उपचार गर्दा कुनै शुल्क बुझाउनु पर्दैन। अस्पतालका डाइरेक्टर डा. रश्मी पुनका अनुसार रोगको अनुसन्धान देखी उपचारसम्मको सम्पूर्ण खर्च अस्पतालले इसिएचएस मार्फत प्राप्त गर्नेछ।
अस्पतालका सञ्चालक माया न्यौपानेका अनुसार केहि प्राविधिक कामहरु समापन गरेपश्चात सो सेवा सहज रुपमा सञ्चालन हुनेछ।