post-slider post-slider

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा झा नियुक्त

Image

 

काठमाडौं।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनी कुमार झा नियुक्त भएका छन्। 

बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनी कुमार झालाई नियुक्त गर्ने निर्णय गरेकोे हो। 

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आजै तीन जनाको नाम सिफारिस भएको थियो। आयोगको उपाध्यक्ष पदको लागि डा अञ्जनी कुमार झा, डा.प्रविण मिश्र र प्रा.डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो।

यसअघि आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आवेदन दिएका ९ जनासँग भदौं १७ र १८ गते अन्तर्वार्ता र प्रस्तुतिकरण हेरेको थियो। 

यसअघि आयोगको उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी थिए । 

Tags: