post-slider post-slider

बोतलमा कालो अखाद्य पदार्थ भेटिएपछि बरुण वेभरेजलाई २ लाख जरिवाना

Image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको वोतलमा कालो लेदो देखिएपछि उपभोक्ताले गुनासो गरेका थिए । 

उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको नेतृत्वमा अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुगेको थियो । 

त्यहाँका अधिकारीहरुसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गर्दा जवाफ पाउन नसकेपछि जरिवाना गरिएको हो । यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रसायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ । 

समितिसँग विक्रीका लागि बजारमा पठाइएको म्याद गुज्रिएको वियर सम्बन्धी गुनासो प्राप्त भएको छ । टोलीले यस सम्बन्धी अध्ययन गरिरहेको छ ।  

Tags: