post-slider post-slider

 नि:शुल्क आँखा परिक्षण तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा ८१ जनाले सेवा लिए

Image

काठमाडौं । साँखुको रोटरी क्लबले आयोजना गरेको नि:शुल्क आँखा परिक्षण तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा ८१ जनाले सेवा लिएका छन् । 

क्लबले शनिबार तिलगंगा आँखा अस्पताल र मेलम्ची नगरपालिका वडा नं १ सँगको सहकार्यमा सञ्चालन भएको उक्त शिविरमा ८१ जनाले सेवा लिएको क्लबले जनाएको छ   । क्लबका अनुसार शिविरमा जाँच गरेका ८१ जनामध्ये ११ जनालाई मोतियाविन्दु देखिएको छ । 

रोटरी क्लब अफ साँखुले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा उनीहरुको  नि:शुल्क  शल्यक्रिया गर्ने प्रतिबद्धता जनाएको छ ।  शिविरमा  नि:शुल्क औषधि वितरण पनि गरिएको थियो ।

आँखाको स्वास्थ्य कायम राख्न शिक्षा र चेतनाको महत्त्वलाई बुझ्दै बिरामीहरूलाई मार्गदर्शन र सहयोग प्रदान गर्न, रोकथामका उपायहरू र निरन्तर हेरचाहको बारेमा जानकारी प्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गरेको क्लबले जनाएको छ । 

Tags: