post-slider post-slider

सिकलसेलका बिरामी खोज्न 'स्क्रिनिङ

Image

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिकाले सिकलसेल एनिमिया र थालेसेमिया रोगका पहिचानका अभियान अन्तर्गत वडामा नै रोगको पहिचान स्क्रिनिङ कार्यक्रम सञ्चनलन गरेको छ । 

गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार विगतमा विद्यार्थी केन्द्रित अभियान चलाइएकोमा अब वडा स्तरमै विशेषगरी थारु समुदायलाई प्रभावित पार्दै आएको सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रम अघि बढाइने भएको छ । अध्यक्ष पौडेलका अनुसार पहिलो चरणमा अनुसार यही पुस १६ गतेदेखि वडा नम्बर १ र २ मा सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ गर्न लागिएको छ । 

अध्यक्ष पौडेलले भने, ‘कार्यक्रममा जसमा वडाभित्रका लक्षित समुदायका सम्पूर्णलाई सहभागी गराइनेछ, केन्द्र र प्रदेश सरकारसँग पनि सहयोग माग गरेका छौँ ।’ पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा पालिकाले सिकलसेल रोगको पहिचान, उपचार र निदानका लागि काम गर्दै आएको बताए।  

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार राप्ती सोनारीमा विगत तीन वर्षदेखि स्क्रिनिङको काम भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार ०७८–०७९ मा ३३ जना सिकलसेलका बिरामी फेला परेका थिए भने ०७९–०८० मा १२ जना सिकलसेलका बिरामी फेला थिए । हालसम्म राप्तीसोनारीका ३, ४ र ५ नम्बर वडामा स्क्रिनिङ कार्यक्रम गरिएको छ ।

बाँकेमा कोहलपुर नगरपालिकाले आफैँ ल्याब सञ्चालन गरी सिकलसेल एनिमियाका बिरामीको उपचारका लागि काम गर्दै आएको छ । 

Tags: