post-slider post-slider

अनुहारमा देखिने यी संकेतले तपाईको स्वास्थ्यको अवस्था बताउँछ 

Image

हामी सबै सफा र चम्किलो छाला पाउन चाहन्छौं। तर आजकल प्रदुषण, धुलो र सूर्यको हानिकारक किरणले छालाको प्राकृतिक चमक खोस्छ । त्यसैगरी छालाको उचित हेरचाह नगर्दा छालासँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यी सबैका कारण अनुहारमा पिम्पल, दाग, मृत छाला, ट्यानिङ र पिग्मेन्टेसन जस्ता समस्या देखिन्छन् । तर यी छालासँग सम्बन्धित समस्याहरू सधैं माथि उल्लेखित कारकहरूका कारण हुन सक्दैनन्। कतिपय अवस्थामा शरीरमा केही स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ । 

जब हाम्रो शरीर आन्तरिक रूपमा कुनै समस्याबाट ग्रस्त हुन्छ, कहिलेकाहीँ यसको संकेत हाम्रो छालामा पनि देखिन्छ। हाम्रो छालाले हामीलाई हाम्रो शरीर भित्र केहि गलत छ भनेर संकेत गर्न धेरै संकेत र लक्षण दिन्छ। 

अनुहारले स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ । त्यसैले छालामा देखिने अवस्थाहरूलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन, किनभने तिनीहरू गम्भीर अवस्थाको सङ्केत पनि हुन सक्छन्। अनुहारमा देखिने यी ७ संकेतले स्वास्थ्य अवस्थालाई  देखाउँछ ।

छाला ट्याग

यसले शरीरमा इन्सुलिन प्रतिरोधात्मक क्षमता देखाउँछ । यसलाई सुधार्न मेथी दाना पानी वा चिया आफ्नो आहारको एक हिस्सा बनाउन सकिन्छ । यसले इन्सुलिन संवेदनशीलतामा सुधार गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ।

आँखा सुन्निएको

यसले आँखा मुनिको छालामा पानीको अवधारण र हार्मोनल असंतुलनलाई बताउँछ। यसलाई सुधार गर्न लेमनग्रास चिया पिउन सकिन्छ । यसमा प्राकृतिक मूत्रवर्धक प्रभावहरू छन्, जसले शरीरबाट अतिरिक्त तरल पदार्थ हटाउन मद्दत गर्दछ।

कालो घेराहरू

यो आइरनको कमीको संकेत हुन सक्छ। आइरनको कमीका कारण शरीरमा रक्तसञ्चार ठीकसँग हुन सक्दैन । यसलाई सुधार गर्न, आफ्नो आहारमा हरियो पातदार तरकारीहरू समावेश गर्नुपर्छ ।  किनकि यसमा आइरन र फोलेट हुन्छ।

सुख्खापन

यसले शरीरमा आवश्यक बोसोको कमी रहेको देखाउँछ। यो समस्यालाई क मगर्न आलसलामई पानीमा भिजाएर पिउन सकिन्छ, किनभने यसमा ओमेगा ३ फ्याटी एसिड हुन्छ जसले छालालाई भित्रबाट हाइड्रेट गर्छ।

पिग्मेन्टेशन

 यो अवस्था भिटामिन बी १२ को कमीको कारण देख्न सकिन्छ। यसबाट बच्न आफ्नो आहारमा भिटामिन बी १२ युक्त खानेकुराहरू जस्तै दूध, पालक, च्याउ आदि समावेश गर्नुपर्छ ।

महिलाको अनुहारको कपाल

यो हार्मोनल असंतुलन र पीसीओडीको संकेत हुन सक्छ। यसलाई ठीक गर्नको लागि, दैनिक १ २ कप पुदीना चिया पिउनुपर्छ । किनभने यसले अतिरिक्त एन्ड्रोजन कम गर्दछ।

 

 

Tags: